१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शनिबार कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएको छ ।
विशेषको माग राख्दै पार्टी समक्ष हस्ताक्षर बुझाएको समूहले शनिबार वरिष्ठ अधिवक्ताहरूसँग ‘कानुनी परामर्श बैठक’ गर्दैछ ।
बैठक अनामनगरमा दिउँसो २ बजेका लागि बोलाइएको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार मुख्य वक्ता वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता भरत खरेल र डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)का अध्यक्ष सीताराम केसी रहेका छन् ।
विशेष पक्षधरले शुक्रबार पार्टीमा विशेष महाधिवेशनबारे स्मरण पत्र बुझाएका थियो ।
२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै पार्टी समक्ष ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4