News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले रवि लामिछाने र बालेन्द्र शाहबीचको सम्झौतालाई सकरात्मक रुपमा लिनुपर्ने बताए।
- श्रेष्ठले सहमति गर्दा देशको वास्तविक समस्या र प्राथमिकता नपहिचान हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
- रवि लामिछाने र बालेन्द्र शाहबीच बालेन भावी प्रधानमन्त्री र रास्वपाको चुनाव चिह्न घण्टी लिएर चुनाव लड्ने सहमति भएको थियो।
१३ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सम्झौतालाई सकरात्मक रुपमा लिनुपर्ने बताएका छन् ।
तर, उनले सहमति गर्दैगर्दा देशको वास्तविक समस्या र बदल्नुपर्ने प्राथिमकता पहिचान नहुनु चाहिँ विडम्बनापूर्ण भएको टिप्पणी पनि गरेका छन् ।
‘अलिक बढी चर्चा कमाएका दुई युवाहरुको सहमति हुनु राम्रै हो । सहमति गर्दैगर्दा देशको वास्तविक समस्या र बदल्नुपर्ने प्राथमिकता पहिचान गरी तदअनुरुपको रुझान नदेखिनु विडम्बनापूर्ण छ,’ उनले भनेका छन् , ‘सहमतिको पृष्ठभूमिमा देश र जनतालाई राखिएको छ कि बाह्य स्वार्थ भन्ने कुरा आगामी दिनमा देखिदै जाला-अहिलेलाई शुभकामना ।’
रवि-बालेनबीच गएराति भावि प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने र रास्वपाको चुनाव चिह्न घण्टी लिएर चुनाव लड्ने सहमति भएको थियो ।
प्रतिक्रिया 4