+
+
Shares

६ रक-मेटल ब्यान्डले साइन गरेको ‘ज्याक्सन गितार’ मनास्लुको चुचुरोमा

परोपकारको लागि अक्सनमा राखिने

उक्त गितारको विशेषता के हो भने, सन् २०२५ मा बेलायतमा आयोजित डाउनलोड फेस्टिभलमा प्रस्तुति दिने ६ जना रक तथा मेटल कलाकारको हस्ताक्षर त्यहाँ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत सेप्टेम्बर २६ मा इलेक्ट्रिक गितार 'ज्याक्सन गितार' मनास्लुको चुचुरोमा पुर्‍याएर कीर्तिमानी पर्वतारोही गेल्जे शेर्पाले इतिहास रच्नुभयो।
  • यो गितारमा सन् २०२५ मा बेलायतको डाउनलोड फेस्टिभलमा प्रस्तुति दिने ६ जना रक तथा मेटल कलाकारको हस्ताक्षर गरिएको छ।
  • गितारलाई विपन्न हिमाली बालबालिकाको शिक्षा सहयोगका लागि लिलामी गर्ने परोपकारी संस्था 'मेटल फर नेपाल' को अभियानको हिस्सा हो।

काठमाडौं । यतिबेला विश्व संगीत जगतमा ‘ज्याक्सन गितार’ को चर्चा भैरहेको छ । गत सेप्टेम्बर २६ मा यो इलेक्ट्रिक गितारले विश्वको आठौं अग्लो हिमाल मनास्लुको चुचुरोमा पुगेर इतिहास रच्यो ।

कीर्तिमानी पर्वतारोही गेल्जे शेर्पाले बोकेर यो विद्युतीय वाद्ययन्त्रलाई चुचुरोमा पुर्‍याएका थिए । सम्भवतः मनास्लुको चुचुरोमा लगिएको यो पहिलो गितार हुनसक्ने विश्वास गरिन्छ ।

उक्त गितारको विशेषता के हो भने, सन् २०२५ मा बेलायतमा आयोजित डाउनलोड फेस्टिभलमा प्रस्तुति दिने ६ जना रक तथा मेटल कलाकारको हस्ताक्षर त्यहाँ गरिएको छ ।

जसमा ग्रीन डे, डार्कनेस, क्र्याडल अफ फोल्ट, कोर्न, सेक्स पिस्टल र मेशुग्गाह छन् । यी सबैले उक्त गितारमा हस्ताक्षर गरेका छन् ।

विवरणमा जनाइएअनुसार, चुचुरोमा लगिएको उक्त गितारलाई विपन्न हिमाली बालबालिकाका लागि चलिरहेको शैक्षिक परियोजनालाई आर्थिक सहयोग गर्न परोपकारी संस्थाको लागि लिलामी गरिनेछ ।

यो आरोहण हिमालयका बालबालिकाको शिक्षा र कल्याणलाई सहयोग गर्ने गैर-नाफामुखी संस्था ‘मेटल फर नेपाल’ को परोपकारी अभियानको उद्देश्य थियो ।

यो फेस्टिभललाई डाउनलोड फेस्टिभल, मेटल ह्यामर र केराङ जस्ता संस्थाले सघाएका छन् ।

 

View this post on Instagram

 

A post shared by Metal for Nepal (@metalfornepalorg)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?