१३ पुस, काठमाडौं । मोरङको विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन् ।
विराटनगर महानगरपालिका-१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारततर्फबाट आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको कार चेक गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4