+
+
Shares

राष्ट्रिय सभाका उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, साढे तीन लाखसम्म खर्च सीमा

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्ममात्र खर्च गर्न पाउने सीमा निर्धारण भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको छ।
  • उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली खर्च गर्नुपर्ने र जिम्मेवार पदाधिकारी तोकेर विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने आयोगले जनाएको छ।
  • राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ।

१३ पुस, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्ममात्र खर्च गर्न पाउने सीमा निर्धारण भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउने भन्ने सीमा तोकिदिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट जिम्मेवार पदाधरकि तोकेर उसको विवरणसहित निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।

यस्तो छ विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?