+
+
Shares

एमाले समानुपातिकको खुलातर्फ पहिलो नम्बरमा गुरु बराल, महिलातर्फ पद्मा अर्याल

ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ । महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा गुरु बराललाई खुलातर्फ एक नम्बरमा राखेर सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको छ।
  • बराल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका थिए।
  • महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेर अर्यालसहित शान्ता चौधरी र कोमल वलीहरूको नाम प्रस्ताव गरिएको छ।

१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ ।

बराल हालै सकिएको एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका हुन् । केन्द्रीय सदस्यमा समेत पराजित बराललाई ओलीले खुलातर्फ एक नम्बरमा नाम प्रस्ताव गरेका छन् ।

महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेका छन् । अर्यालसहित महिलातर्फ शान्ता चौधरी, कोमल वलीहरूको नाम प्रस्ताव गरिएको एक पदाधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?