News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी र क्रिकेटर कुशल भुर्तेल एक वर्षयता प्रेम सम्बन्धमा रहेको चर्चा छ।
- कुशलले इन्स्टाग्राम स्टोरीमार्फत प्रशंसालाई जन्मदिनको शुभकामना दिँदै प्रेम सम्बन्ध खुलाएका छन्।
- कुशलले लेखेका छन्, “जसले मलाई राम्रो मान्छे बनाएको छ र मेरो लागि सबैभन्दा ठूलो आशीर्वाद बनेको छ, उसलाई जन्मदिनको शुभकामना।”
काठमाडौं । मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी र क्रिकेटर कुशल भुर्तेल एक वर्षयता प्रेम सम्बन्धमा रहेको चर्चा छ । क्रिकेट रंगशाला होस् र अन्य ठाउँमा, यी दुईलाई धेरैपटक एकसाथ देखिँदै आएको छ ।
नेटिजन पनि यी दुईलाई मायाले मामा-माइजु भनेर बोलाउँछन् । यद्यपि, यी दुईले अहिलेसम्म आफ्नो सम्बन्धलाई गुपचुप राख्दै आइरहेका थिए ।
सामाजिक सञ्जालमा यी दुईको निकै चर्चा हुने गरेको छ । सोमबार प्रशंसको जन्मदिन हो । उनलाई फ्यानले बधाइ तथा शुभकामना दिइरहेका छन् ।
यस्तोमा, कुशलले इन्स्टाग्राम स्टोरीमार्फत प्रशंसालाई जन्मदिनको शुभकामना दिँदै प्रेम सम्बन्ध खुलाएका छन् । मन्दिरमा खिचिएको यो फोटोमा दुवैले एकअर्कोलाई नमस्ते गरेको देखिन्छ ।
कुशलको क्याप्सन पनि प्रेमिल देखिन्छ, जहाँ उनी लेख्छन्, ‘ जसले मलाई राम्रो मान्छे बनाएको छ र मेरो लागि सबैभन्दा ठूलो आशीर्वाद बनेको छ, उसलाई जन्मदिनको शुभकामना ।’ यति लेख्दै कुशलले प्रशंसाको नामसहित रेडहार्ट इमोजी उल्लेख गरेका छन् ।
कुशलको यो स्टोरी भाइरल बनेको छ । रिल्स र टिकटकमा फ्यानले स्क्रिन सट सेयर गर्दै माइजुलाई जन्मदिनको शुभकामना भनिरहेका छन् ।
म्युजिक भिडियोकी चर्चित मोडल समेत रहेकी प्रशंसा पछिल्लो समय इन्फ्लुएन्सर पनि हुन् । हालै उनीहरूले त्रिवि क्रिकेट रंगशालामा एकसाथ देखिएका थिए । यी दुईबीच १ वर्षदेखि प्रेम सम्बन्ध रहेको चर्चा छ ।
प्रतिक्रिया 4