News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार सोमबार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा ओर्लिएको छ।
- सोमबार ३३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ।
- एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य १० प्रतिशतले बढेर ८ सय ८० रुपैयाँ पुगेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले गिरावट आएको छ।
१४ पुस, काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो ।
आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।
सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशतले गुमाएका छन् । सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा खुम्चिएको छ । आइतबार ४७ अंकले बढेको बजारमा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ ।
यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ ।
सोमबार सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । यो धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट आइ १४९६.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुपर मादी हाइड्रो, मानुषी लुघवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंकसहित धितोपत्रको मूल्यमा समेत आज धेरै गिरावट आएको छ । धेरै कारोबार भएको धितोपत्र समेत एसवाई प्यानल लिमिटेड छ ।
प्रतिक्रिया 4