News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले फागुनमा छायांकन सुरु हुने फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको भूमिका निभाउने बताएका छन्।
- दीपकराज गिरीले तत्काल राजनीतिमा लाग्ने सम्भावना खण्डन गर्दै फिल्मलाई निरन्तरता दिने बताएका छन्।
- फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा दीपकराज गिरीले परिवर्तनकारी पक्षलाई समर्थन गर्ने उल्लेख गरेका छन्।
काठमाडौं । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले मंगलबार बेलुका फेसबुकमा सांकेतिक स्टाटस पोस्ट गरेका छन्, जसले उनको आउँदो फिल्मको कथावस्तु, चरित्र चित्रणबारे धेरै कुरा बताउँछ ।
उनी लेख्छन्, ‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ ।’
समयक्रममा धेरैजनाले आफूलाई कांग्रेस, एमाले, राजावादी र माओवादी भएको बताउने गरेको र पछिल्लो समय धेरैले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठान्ने गरेको किस्सा उनले सुनाएका छन् ।
फागुनमा छायांकन सुरु हुन लागेको फिल्ममा आफूले अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको कथामा अभिनय गर्न लागेको उल्लेख गरेका छन् । ‘म उठ्ने त्यसैमा हो’ उनले चरित्र चित्रणबारे भनेका छन् ।
तत्काल राजनीतिमा लाग्ने सम्भावनाको खण्डन गर्दै गिरीले फिल्मलाई निरन्तरता दिने बताएका छन् । लेख्छन्, ‘मैले जानेको पनि यहि नै हो । जे जान्दछु, गर्ने पनि त्यहि नै हो !’
उनले फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा आफूले परिवर्तनकारी पक्षलाई समर्थन गर्ने पनि दीपकले खुलाएका छन् । ‘जहाँसम्म समर्थनको कुरा छ, यो पल्ट मेरो समर्थन परिवर्तनकारी पक्ष तिर नै रहनेछ ! सबैको जय होस’ उनले लेखेका छन् ।
केही समययता दीपकले ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला बनाउने चर्चा छ । अनलाइनखबरसँगको कुराकानी यो फिल्मको दोस्रो श्रृंखला बन्ने बताए ।
प्रतिक्रिया 4