+
+
Shares

सामसङ इनोभेसन क्याम्पसद्वारा एआई तथा बिग डेटा तालिम सम्पन्न

२७ जुनदेखि डिसेम्बरसम्म सञ्चालित तालिम समापनसँगै सामसङले सोमबार ‘कोडिङ तथा प्रोग्रामिङ’ को नयाँ ब्याच सुरु भएको जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ इनोभेसन क्याम्पसले २७ जुनदेखि डिसेम्बरसम्म सञ्चालन गरेको 'एआई तथा बिग डेटा' तालिम सम्पन्न भएको जनाएको छ।
  • तालिम समापनसँगै सामसङले 'कोडिङ तथा प्रोग्रामिङ' को नयाँ ब्याच सुरु गरेको छ।
  • सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले युवालाई भविष्यमुखी सिपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी भएको बताए।

१५ पुस, काठमाडौं । सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले नेपाली विद्यार्थी लक्षित गरी सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।

२७ जुनदेखि डिसेम्बरसम्म सञ्चालित तालिम समापनसँगै सामसङले सोमबार ‘कोडिङ तथा प्रोग्रामिङ’ को नयाँ ब्याच सुरु भएको जानकारी दिएको छ ।

तालिम मार्फत विद्यार्थीलाई व्यावहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२३ देखि एसआईसीले युवालाई भविष्य–तयार सिप प्रदान गरी नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउँदै आएको छ । कार्यक्रमका क्रममा स्नातक भएका विद्यार्थीलाई उनीहरूको उपलब्धिको कदर स्वरूप प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुन एल्गोरिद्म, डेटा स्ट्रक्चर र प्रोग्रामिङको आधारभूत ज्ञान आवश्यक पर्ने बताइएको छ । व्यावहारिक सिपमा केन्द्रित पाठ्यक्रमले विद्यार्थीलाई उनीहरूले सिकेका सिप र प्रविधि प्रयोग गरेर समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपाली युवालाई देशको भविष्यको नवप्रवर्तनको प्रमुख प्रेरक शक्ति भएको बताए ।

 ‘युवालाई भविष्यमुखी सिपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो,’ उनले भने, ‘सामसङ इनोभेसन क्याम्पस मार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न युवालाई सशक्त बनाउन प्रतिबद्ध छौं ।’

प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी बज्राचार्य, पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती लगायत उपस्थित थिए ।

सामसङले सन् २०२२ देखि आफ्नो विश्वव्यापी सीएसआर दृष्टिकोण अन्तर्गत युवालाई भविष्य सुहाउँदो सिप प्रदान गर्दै आएको छ । यस अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरी नेपालमा विभिन्न पाठ्यक्रममा आधारित रही तालिम आयोजना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?