News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको दुधौली–४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअपले ठक्कर दिँदा मोहन धामीको मृत्यु भएको छ।
- ठक्कर दिने पिकअप र चालक अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहा नियन्त्रणमा लिएको छ।
- मृतकलाई उपचारका लागि कमलाखोच अस्पताल र नगर अस्पताल सिर्थौली लगिएको थियो जहाँ मृत घोषणा गरिएको थियो।
१६ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा दुधौली– १ गिजियानी बस्ने अन्दाजी ६०/६५ वर्षका मोहन धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
गाडीको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि स्थानिय कमलाखोच अस्तपाल लगेका थिए । त्यहाँबाट थप उपचारको लागि नगर अस्पताल सिर्थौली पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने पिकअप र चालक झापा सिवसतासी नगरपालिका–७ घर भएका २९ वर्षीय अविशेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4