News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेर २ लाख ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- मंगलबार सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँ घटेको थियो भने चाँदीको भाउ पनि १ सय २० रुपैयाँ घटेर ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता सुनको भाउ क्रमशः तोलाको २ लाख ७० हजारदेखि २ लाख ६७ हजार ५ सय रुपैयाँसम्म घटेको छ।
१६ पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । हिजो मंगलबार भने एकै पटक तोलामा ७ हजार ९ सय रुपैयाँ घटेको थियो ।
आज बुधबार सुन तोलाको २ लाख ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको २ लाख ६२ हजार १ सय थियो ।
त्यस्तै बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदा आज बुधबार १ सय २० रुपैयाँ घटेर ४ हजार ४ सय ७० कायम भएको छ ।
महासंघका अनुसार छापावाल सुन गत सोमबार तोलाको २ लाख ७० हजार, आइतबार २ लाख ७० हजार ६ सय, शुक्रबार २ लाख ६९ हजार ३ सय र बिहीबार २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4