+
+
Shares

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्वीरहरू)

लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष १६ गते १४:०१

१६ पुस, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?