+
+
Shares

राप्रपा अब फुट्दैन, विशाल बन्दै जान्छ : उपाध्यक्ष प्रधान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १४:२३

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अब राप्रपा कहिल्यै नफुट्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि राप्रपा भन्नासाथ टुटफुटको उदाहरणको रुपमा लिने गरिएको भए पनि अब त्यस्तो हुन नहुने उनको भनाइ थियो ।

‘यदी आफ्नो इच्छा, आकांक्षा, स्वार्थ मात्रै हेरियो भने हामीले पटकपटक जुन अवस्था भोग्नुपर्‍यो, राप्रपा भनेपछि टुटफुटको उदाहरणको रुपमा देखिन्थ्यो,’ प्रधानले भने, ‘मैले भन्दैछु, यो इपिसोड समाप्त भएको छ । अब यो कहिल्यै फुट्दैन । जुट्दै जान्छ, ठूलो हुँदै जान्छ, विशाल हुँदै जान्छ ।’

अब राप्रपाले मात्रै नभइ अन्य दलले पनि एकता भन्न थालेको उनले बताए ।

‘हामी पूराना पार्टी, मान्छे बुढा हो । तर हामीले इतिहासलाई कायम गर्नुपर्नेछ । देशलाई बचाउनुपर्ने छ,’ उनले भने, ‘त्यसका लागि मिहेनत गर्न नपर्ने ?’

एकताको अपरिहार्यतालाई अब मनन गरेर अघि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?