+
+
Shares

निर्वाचन आयोगले भन्यो : उम्मेदवारको जरिवानाबारे कुनै निर्णय भएको छैन

निर्वाचन आयोगले यसअघिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेका विषयमा अहिले कुनै पनि निर्णय नभएको जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १४:५१

१६ पुस, काठमाडौँ । निर्वाचन आयोगले यसअघिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउनेका विषयमा अहिले कुनै पनि निर्णय नभएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै हाल जरिवानासम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।

विभिन्न सञ्चारमाध्यममा विभिन्न उम्मेदवारहरूको नाम किटान गरी खर्च विवरण नबुझाएको र उम्मेदवार हुन नसक्ने दाबी गर्दै समाचार सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण भएको बताएको हो । चुनावलगत्तै खर्च विवरण पेस गरिसकेका उम्मेदवारहरूले विभिन्न पत्रहरू सार्वजनिक गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?