+
+
Shares

मधेशका नवनियुक्त कृषिमन्त्रीको निर्देशन- झारा टार्ने काम नगर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:३२

१६ पुस, जनकपुरधाम । नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैली काम नगर्न निर्देशन दिएका छन् ।

शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री पटेलले मातहतका कर्मचारीहरुलाइ भाषण नभइ काम गर्न जरुरी रहेको बताए ।

‘किसानलाइ धेरै समस्या छ, मलखाद्यदेखि लिएर सिचाइँसम्मको समस्या छ,’ उनको भनाइ छ, ‘त्यसैले यो सबै समस्याको निराकरण हुने गरी मधेस प्रदेशलाइ नमुना बनाउन काम गर्न जरुरी छ ।’

सो क्रममा उनले थप भने, ‘म भाषण होइन, काम मन पराउँछु । त्यसैले तपाईँहरू मधेस प्रदेसलाइ कृषिमा देशकै नमुना प्रदेश बनाउन सहयोग गर्नुहोला ।’

मधेश प्रदेश कृषिमै आश्रित प्रदेश भएकोले कसैले पनि झारा टार्ने हिसाबल काम नगर्न मन्त्री पटेलले कर्मचारीलाइ चेतावनी दिए ।

किसानका समस्या सहज हिसाबले समाधान हुने गरी दत्तचित्त भएर काम गर्न उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?