+
+
Shares

प्रदीप खड्काको ‘एक्लो’, हलिउडको ‘हाउसमेड’ र साउथको ‘४५’ ले कति शो पाए ?

नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मेसिन’ रिलिज भएको ९ वर्षपछि सोही जनरालाई पछ्याउँदै ‘एक्लो’ आउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १७:५५
फिल्म ‘एक्लो’ को एक दृश्यमा प्रदीप खड्का ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीप खड्का स्टारर साइन्स-फिक्सन फिल्म ‘एक्लो’ले १२४ शो पाएको छ जुन अपेक्षाभन्दा कम हो।
  • सिड्नी स्विनी स्टारर हलिउड थ्रीलर फिल्म ‘द हाउसमेड’ले ३६ शो पाएको छ र बिहिबारदेखि रिलिज हुँदैछ।
  • दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ले ८७ शो पाएको छ र बिहिबारदेखि देशभर रिलिज हुँदैछ।

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा विहिबारदेखि रिलिज हुन लागेको प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ ले औषत शोज प्राप्त गरेको छ । बुधबार बेलुकासम्म प्रकाशित तालिका हेर्दा यो साइन्स-फिक्सन फिल्मको शो संख्या जममा १२४ छ ।

खड्का अभिनित फिल्मको लागि यो अपेक्षाभन्दा न्यून शो हो । ‘धुरन्धर’, ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ ले घरेलु बक्सअफिसमा सुखद कलेक्सन गरिरहँदा १ जनवरी, २०२६ बाट ‘एक्लो’ सहित दुई विदेशी फिल्म रिलिज हुन लागेका हुन् ।

१४० मिनेट रनटाइमको प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ लाई बलियो वर्ड अफ माउथ चाहिन्छ । नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मेसिन’ रिलिज भएको ९ वर्षपछि सोही जनरालाई पछ्याउँदै ‘एक्लो’ आउन लागेको हो ।

धेरैले विज्ञान कथामा आधारित फिल्म दाबी गरेपनि, सन् २०१६ मा रिलिज भएको नवीन अवल निर्देशित ‘बिजुली मेसिन’ मुलुकको सम्भवतः पहिलो साइन्स फिक्सन फिल्म हो । त्यसयता विज्ञान कथामा आधारित फिल्म आउन झन्डै दर्शक कुर्नुपर्‍यो ।

विहिबारदेखि नै हलमा सिड्नी स्विनी स्टारर हलिउड फिल्म ‘द हाउसमेड’ रिलिज हुँदैछ । १२६ मिनेट रनटाइमकोे यो फिल्मले देशब्यापी ३६ शो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा बनेको यो थ्रीलर फिल्म हो ।

विहिबारदेखि नै हलमा दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ रिलिज हुँदैछ । शिव राजकुमार स्टारर यो फिल्मले देशब्यापी ८७ शो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?