युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा ठूलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षति भएको बताए ।
साल्डोले आक्रमणमा “धेरै मानिसहरू जिउँदै जलेको बताउँदै एउटा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याए पछि बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले आगो पूर्ण रूपमा निभाउन सफल भएको पुष्टि गरे ।
डाक्टरहरू अहिले घाइतेहरूको ज्यान बचाउन प्रयास गरिरहेको बताउँदै उनले क्षेत्रीय अधिकारीहरूले पीडित र मृतकहरुका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गर्ने तैनाथ गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4