+
+
Shares

नयाँ वर्ष मनाउन ठोरी आएका पहिलो सय पर्यटकलाई ढाकाटोपी

ठोरी घुम्न आएका ती आन्तरिक तथा वाह्य पर्यटकलाई ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाकाटोपी, खादा र टीका लगाएर स्वागत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठोरी गाउँपालिकाले अंग्रेजी नयाँ वर्ष मनाउन आएका पहिलो १ सय पर्यटकलाई ढाकाटोपी र खादा लगाएर स्वागत गरेको छ।
  • ठोरीमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लागेको छ र विभिन्न पर्यटकीय स्थलहरूमा भीड देखिएको छ।
  • इलाका प्रहरी कार्यालय ठोरीले शान्ति सुरक्षाका लागि फोर्स माग गरी सुरक्षा चुस्त बनाएको छ।

१७ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटन गन्तव्य ठोरी आएका पहिलो १ सय पर्यटकलाई ठोरी गाउँपालिकाले ढाकाटोपी र खादा लगाएर स्वागत गरेको छ ।

ठोरी घुम्न आएका ती आन्तरिक तथा वाह्य पर्यटकलाई ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाकाटोपी, खादा र टीका लगाएर स्वागत गरेका हुन् । आज टोपी दिवस पनि हो ।

पर्यटक स्वागत कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी,वडाध्यक्षह अमृतकृष्ण सापकोटा, शम्भु खड्का, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पालिकाका कर्मचारी, सुरक्षाकर्मीको उपस्थिति थियो ।

नयाँ वर्षको पहिलो दिन आज ठोरीमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लागेको छ । आज बिहानैदेखि नेपाली तथा भारतीय पर्यटक नयाँ वर्ष मनाउन आएका हुन् ।

ठोरीको पर्यटकीय क्षेत्र राईधारा, गणेशमान पार्क, ठुटेखोला, सीतागुफा परिसर, सुन्दरबस्ती, रेडहिल पार्क, मनमोहन पार्क, सिंगेडाँडा, गडुवालाइन पार्क, बाघमोर्चा पार्क, चिसोपानी, रानीवन लगायतमा बाक्लो संख्यामा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लागेको हो ।

मधेश प्रदेश सरकारले ठोरीलाई मधेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेसँगै आन्तरिक पर्यटकको रमणीय गन्तव्य बन्न पुगेको छ भने ठोरीको मनमोहक दृश्यले लोभिएका भारतीय पर्यटकका लागि ठोरी आकर्षक गन्तव्य बनेको छ।

भारत पश्चिम चम्पारण, पूर्वी चम्पारण, बेतिया, मुजफ्फरपुर, मोतीहारी, पटना र कटियागञ्ज लगायतबाट नयाँ वर्ष मनाउन वाह्य पर्यटक ठोरी आएको होटल व्यवसायी दिनेश नेपालले बताए ।

नेपालका बारा, पर्सा, रौतहट र सर्लाहीदेखि आन्तरिक पर्यटक ठोरीमा वनभोज मनाउन तथा घुम्न आएको उनले बताए ।

ठोरीमा घुम्न धेरै स्थान रहेकाले आफूहरू प्रायः खुसीयाली मनाउन ठोरी आउने गरेको बेतियाबाट आएका दिपु गुप्ताले बताए ।

आज ठोरी घुम्न आउने पर्यटकको शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय ठोरी तथा सशस्त्र सीमा सुरक्षा बल ठोरीको नेतृत्वमा अन्य पालिकाबट समेत फोर्स माग गरी शान्ति सुरक्षा चुस्त बनाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक निलनबहादुर विकले जानकारी दिए ।

ठोरी आउने आन्तरिक तथा वाह्य पर्यटकको गाडी पार्किङ तथा स्थान निर्धारणका लागि निर्मल ठोरी उपभोक्ता समितिले चाँजोपाँजो मिलाएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?