+
+
Shares

‘कमेडी दरबार’ ले फेब्रुअरीमा ८ अस्ट्रेलियाली सहरमा टूर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिभी शो ‘कमेडी दरबार’ फेब्रुअरीमा अस्ट्रेलियाको आठ सहरमा एक महिना लामो टूर गर्ने भएको छ।
  • फिल्म निर्देशक शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच कमेडी टूर आयोजना गर्न सम्झौता भएको छ।
  • टूरमा शोका अधिकांश कलाकार सहभागी हुनेछन् र मध्य फेब्रुअरीदेखि सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरमा कार्यक्रम हुनेछ।

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’ ले फेब्रुअरीमा एक महिना लामो अस्ट्रेलिया टूर गर्ने भएको छ । यो कमेडी टूर आयोजनाका लागि फिल्म निर्देशक समेत रहेका शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच सम्झौता भएको छ ।

सम्झौतापछि बस्नेतले भने, ‘अष्ट्रेलियामा रहेका नेपालीलाई मनोरञ्जन गराउने उद्देश्यले टूर गर्न लागिएको हो । यसको तयारी सुरु गरिसकेका छौं ।’

टूरमा शोका अधिकांश कलाकार सहभागी हुने जनाइएको छ । सम्झौता बेलाको तस्वीरमा शोमा जजको भूमिकामा देखिएकी गौरी मल्ल पनि छिन् ।

मध्य फेब्रुअरीदेखि सुरु हुने टूर सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्यू क्यासल लगायतका ८ सहरमा आयोजना हुने जनाइएको छ ।

यसअघि १० अमेरिकी राज्यमा ‘कमेडी दरबार इन अमेरिका’ कार्यक्रम आयोजना हुने घोषणा पत्रकार सम्मेलनमार्फत गरिएको थियो ।

२०२५ को सेप्टेम्बर र अक्टोबरमा अमेरिकामा हुने भनिएको टूर अहिलेसम्म हुन सकेको छैन । यसबारे कमेडी दरबारले थप खुलाएको छैन ।

अमेरिका टूर नहुँदै, शोले अस्ट्रेलिया टूरको घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?