+
+
Shares

‘कमेडी दरबार’ तेस्रो सिजनको छायांकन सुरु, प्रसारण शुक्रबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेलिभिजनको हाँस्य शो ‘कमेडी दरबार’ को तेस्रो सिजनको छायांकन नयाँ बर्ष २०८३ को सुरुवातसँगै सुरु भएको छ।
  • यस सिजनमा जज प्यानलमा नयाँ रानीको रुपमा दीया मास्के भित्रिएकी छिन् भने महारानी र महाराजाको भूमिकामा गौरी मल्ल र मनोज गजुरेल यथावत छन्।
  • शो हरेक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रसारण हुनेछ र डाबर रेड-पेस्ट शीर्ष प्रायोजक रहेको छ।

काठमाडौँ । टेलिभिजनको हाँस्य शो ‘कमेडी दरबार’ को तेस्रो सिजनको छायांकन सुरु भएको छ । नयाँ बर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो । प्रसारण ४ बैशाखदेखि गतेदेखि हुने जनाइएको छ ।

सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ । जसमा दुई फिल्मका टिमको उपस्थिती थियो । पहिलो भागको रुपमा ‘मित’ ज्यू फिल्मको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित थिए भने दोस्रो भागको रुपमा ‘पहाड’ को टिम सहभागी थियो ।

पहिलो र दोस्रो सिजनको लोकप्रियतापछि तेस्रो सिजनमा केहि परिवर्तन गरिएको जनाइएको छ । यसपटक सेटमा केही परिवर्तन देख्न पाइनेछ । जज प्यानलमा यसअघि दुईजना (महाराजा र महारानी) थिए भने अहिले थप एकजना कलाकारलाई रानीको रुपमा भित्राइएको छ ।

रानीको भूमिकामा अभिनेत्री दीया मास्के भित्रिएकी छिन् । महारानीको रुपमा गौरी मल्ल र महाराजाको रुपमा मनोज गजुरेल यथावत छन् । यस्तै तीन कमेडियन पनि भित्रिएका छन् । कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बाको पनि प्रवेश भएको छ । तेस्रो सिजनमा डाबर रेड-पेस्ट शीर्ष प्रायोजकको रुपमा छ ।

यो शो हरेक शुक्रबार राती प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुनेछ । शोलाई श्रद्धा प्रसाईं र बिक्की अग्रवालले निर्देशन गर्दै आएका छन् भने होस्टमा बिक्कीसँगै सजिना खनाल छिन् ।

लेखनमा सरोज भण्डारी र बिकास अर्याल छन् । यसअघिका कमेडियन कलाकार सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?