News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी शो ‘कमेडी दरबार’ फेब्रुअरीमा अस्ट्रेलियाको आठ सहरमा एक महिना लामो टूर गर्ने भएको छ।
- फिल्म निर्देशक शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच कमेडी टूर आयोजना गर्न सम्झौता भएको छ।
- टूरमा शोका अधिकांश कलाकार सहभागी हुनेछन् र मध्य फेब्रुअरीदेखि सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरमा कार्यक्रम हुनेछ।
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’ ले फेब्रुअरीमा एक महिना लामो अस्ट्रेलिया टूर गर्ने भएको छ । यो कमेडी टूर आयोजनाका लागि फिल्म निर्देशक समेत रहेका शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच सम्झौता भएको छ ।
सम्झौतापछि बस्नेतले भने, ‘अष्ट्रेलियामा रहेका नेपालीलाई मनोरञ्जन गराउने उद्देश्यले टूर गर्न लागिएको हो । यसको तयारी सुरु गरिसकेका छौं ।’
टूरमा शोका अधिकांश कलाकार सहभागी हुने जनाइएको छ । सम्झौता बेलाको तस्वीरमा शोमा जजको भूमिकामा देखिएकी गौरी मल्ल पनि छिन् ।
मध्य फेब्रुअरीदेखि सुरु हुने टूर सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्यू क्यासल लगायतका ८ सहरमा आयोजना हुने जनाइएको छ ।
यसअघि १० अमेरिकी राज्यमा ‘कमेडी दरबार इन अमेरिका’ कार्यक्रम आयोजना हुने घोषणा पत्रकार सम्मेलनमार्फत गरिएको थियो ।
२०२५ को सेप्टेम्बर र अक्टोबरमा अमेरिकामा हुने भनिएको टूर अहिलेसम्म हुन सकेको छैन । यसबारे कमेडी दरबारले थप खुलाएको छैन ।
अमेरिका टूर नहुँदै, शोले अस्ट्रेलिया टूरको घोषणा गरेको हो ।
प्रतिक्रिया 4