+
+
Shares

जेनजी आन्दोलनका शहीदप्रति समर्पण गर्दै ‘कमेडी दरबार’ले ल्यायो ‘टिब्यूट शो’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी टिभी शो ‘कमेडी दरबार’ले जेनजी आन्दोलनका शहीदलाई समर्पण गर्दै ‘ट्रिब्यूट एपिसोड’ प्रसारण गरेको छ।
  • निर्देशक श्रद्धा प्रसाईंले देशको विषम परिस्थितीमा हाँस्न मन नलागेको बताएकी छन्।
  • प्रस्तोता बिक्की अग्रवालले छायांकन क्रममा आँसु थाम्न नसकेको र अतिथि तथा दर्शक भावुक भएको बताए।

काठमाडौं । कमेडी टिभी शो ‘कमेडी दरबार’ले जेनजी आन्दोलनका शहीदलाई समर्पण गर्दै ‘ट्रिब्यूट एपिसोड’ ल्याएको छ ।

शुक्रबार यो शोको प्रसारण भएको छ । हाँस्य विधाको शोले शहीद भएका र बलिदान दिएका युवाहरूप्रति भावुक, अर्थपूर्ण र सन्देशमूलक शो निर्माण गरेको थियो ।

उक्त एपिसोडमा संगीतकर्मी यशकुमार, हेमन्त शर्मा र इन्दिरा जोशी पाहुना बनेर पुगेका थिए । उनीहरूले पनि सांगीतिक प्रस्तुति दिए ।

निर्देशक श्रद्धा प्रसाईंले देशको विषम परिस्थिती र देश रोइरहेको समयमा हाँस्न र हँसाउन मन नलागेको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘थुप्रै युवाले देशको लागि ज्यान बलिदान गर्नुभएको छ । यो पछिल्लो एपिसोडलाई हामीले तिनै शहीदप्रति समर्पण गरेका छौं ।’

प्रस्तोता बिक्की अग्रवालका अनुसार छायांकन गर्ने क्रममा उनले आँसु थाम्न सकेनन् । अतिथि र दर्शक पनि भावुक देखिए ।

कलाकार हिमेश पन्त, सीडी विजय अधिकारी, विश्वास तिम्सिना, मिस पबी, सुजाता श्रेष्ठ, सुन्दर खनाल, विकास अर्याल र सरोज भण्डारीले प्रस्तुति दिएका थिए ।

प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुदै आएको कमेडी दरबारको अहिले सिजन २ प्रसारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?