News Summary
Generated by OK AI. Editorially reviewed.- टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन ४ बैशाख २०८३ देखि सुरु हुने भएको छ।
- निर्माताले मंगलबार युट्युबमा ‘घोषणा भिडियो’ सार्वजनिक गर्दै नयाँ सिजनमा केही नयाँ सदस्य आउने संकेत दिएका छन्।
- सिजन ३ मा मनोज गजुरेल र गौरी मल्ल जज रहनेछन्, हिमेश पन्त बाहिरिएका छन् र नयाँ जज र कमेडियनको नाम खुलाइएको छैन।
काठमाडौं । टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा भएको छ । नयाँ सिजन ४ बैशाख, २०८३ देखि सुरु हुने जनाइएको छ ।
मंगलबार निर्माताले ‘घोषणा भिडियो’ युट्युबमा सार्वजनिक गर्दै तेस्रो सिजन आउने जनाएका हुन् । साथै, शोमा केही नयाँ सदस्यको आगमन हुने संकेत पनि दिइएको छ ।
यद्यपि, नयाँ सिजनमा के-के परिवर्तन हुन्छ भन्ने अझै खुलाइएको छैन । बुझिएअनुसार सिजन ३ मा महाराजा र महारानीको लहरमा अर्को एकजना पनि थपिनेछन् ।
३ जना जजमध्ये मनोज गजुरेल र गौरी मल्लले निरन्तरता पाउनेछन् । अर्का जज को हुन खुलाइएको छैन । केही कमेडियन पनि थपिनेछन् । यद्यपि, नयाँ थपिन लागेकाहरूको नाम सार्वजनिक गरिएको छैन ।
पहिलो सिजनबाटै सहभागी कमेडियन हिमेश पन्त भने बाहिरिएका छन् । स्रोतका अनुसार, उनी आफ्नै टिभी कार्यक्रम ल्याउने तयारीमा छन् । यसको पुष्टि हुन बाँकी छ ।
‘कमेडी दरबार’ शोलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्तरुपमा निर्देशन गर्दै आएका छन् ।
प्रतिक्रिया 4