+
+
Shares

‘कमेडी दरबार’मा फर्किए मनोज गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १२:४०
मंगलबार टिभी शो कमेडी दरबारको छायांकन सेटमा मनोज गजुरेल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोज गजुरेल ‘कमेडी दरबार’मा नयाँ एपिसोडमा फर्किएका छन्।
  • उनी झण्डै एक महिना क्यानडा घुमघाम गरेपछि शोमा पुनः सहभागी भए।
  • मंगलबारको एपिसोडमा सागर लम्साल, हरिश निरौला लगायत अतिथि कलाकारहरू उपस्थित थिए।

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को ४ एपिसोडमा नदेखिएका हाँस्यकलाकार मनोज गजुरेल कार्यक्रममा फर्किएका छन् । मंगलबारदेखि उनले ज्वाइन गरे । यो शोमा महाराजाको भूमिकामा देखिएका उनले आज नयाँ एपिसोड छायांकन गरे ।

उनी झण्डै एक महिना क्यानडा घुमघाममा ब्यस्त रहे । ‘शोलाई निकै मिस गरिरहेको थिएँ । फर्किन पाउँदा खुसी लागेको छ’ शो छायांकन सेटमा उनले भने ।

गजुरेल नहुँदा फिल्म निर्देशक समेत रहेका प्रदीप भट्टराई महाराजाको रोलमा थिए । गजुरेल र भट्टराईले ‘कमेडी च्याम्पियन’मा सहकार्य गरिसकेका छन् ।

‘कमेडी दरबार’को मंगलबारको एपिसोडमा टिभी श्रृंखला ‘सक्किगो नि’का कलाकार सागर लम्साल बले, हरिश निरौला कक्रोच लगायतका कलाकारलाई अतिथि बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?