+
+
Shares

कांग्रेसको विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकियो : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टीभित्र विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १५:१५

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टीभित्र विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका निधीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो । हामी निर्वाचनको तयारिमा छौँ,’ उनले भने ।

मंसिर १५ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको नियमित महाधिवेशन तालिका तय गरेको थियो । उक्त तालिकाअनुसार पुस १६ गते वडा अधिवेशन हुनुपर्ने हो । तर तालिका प्रभावित भइसकेको अवस्थामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशनकोः विकल्प नभएको भन्दै अडान लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?