Comments Add Comment

पश्चिमका बाढिपीडितलाई अमेरिकाको साढे चार करोड सहयोग

१२ भदौ, काठमाडौं । नेपालका बाढी पहिरो पीडित जनताको राहतका लागि अमेरिकाले चार लाख ५० हजार डलर सहयोग घोषणा गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले विहीबार विज्ञप्तिमार्फत बाढी पहिरो पीडित जनतालाई खाद्यान्नका लागि रकम उपलव्ध गराएको जनाएको छ ।

अमेरिकी डलरको विहीवारको विनिमय दर अनुसार सो सहयोग चार करोड ३५ लाख ८६ हजार हुन आउँछ । यो रकमले संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम मार्फत खाद्यान्न किन्न र करीव बाँके, बर्दिया, कैलाली, सुर्खेत र दाङका करीव ४० हजार बिस्थापित जनतालाई खाद्यान्न पुग्ने दूताबासको दावी छ ।

अमेरिकी दूतावासले जिल्लास्थित दैवी प्रकोप उद्दार समिति र रेडक्रससँग मिलेर काम गर्ने जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी जनताको तर्फबाट पछिल्लो बिपत्तिका घटनाप्रति दुःख व्यक्त गर्दै पीडित जनताको सहयोगका लागि अमेरिकाले मिलेर काम गर्न चाहेको बताएका छन् ।

बाढी पहिरो पीडित मध्य र सुदूरपश्चिमका ३ हजार किसानलाई उनीहरुको दैनिक जीवनलाई सहज बनाउन कृषि बिउ र आवश्यक अन्य कृषि सामाग्री उपलवध गराउन समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment