+
+
Shares

दार्चुलामा चरेससहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते ९:२३

१९ पुस, धनगढी । दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-७ को डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन् । उनीहरु सवार से७प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको हो ।

उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको छ ।

लागूऔषध चरेस, नगद र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?