+
+
Shares

‘युट्युब चार्ट्स’ को शीर्ष ३ मा शिरमा शिरबन्दी, झलिको, न्याउली बनैमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १३:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ डिसेम्बरमा युट्युब चार्ट्सको शीर्ष स्थानमा सुवास खत्री र समीक्षा अधिकारीको गीत 'शिरमा शिरबन्दी' छ।
  • अर्जुन सापकोटाको 'झलिको' दोस्रो स्थानमा छ र यो गीतलाई झण्डै १ करोड ९० लाख पटक हेरिएको छ।
  • फिल्म 'वरिष्ठ बलराम' को गीत 'न्याउली बनैमा' युट्युब चार्ट्सको तेस्रो स्थानमा छ।

काठमाडौँ । युट्युबले ट्रेन्डिङ हटाएको वर्षदिन हुन लागिसक्यो । ट्रेन्डिङको विकल्पको रुपमा ‘युट्युब चार्ट्स’ प्रयोग हुँदै आएको छ । यस्तोमा, सन् २०२५ को अन्तिम महिना डिसेम्बरमा कुन-कुन गीतले युट्युब चार्ट्समा स्थान बनाए ?

पछिल्लो महिनाहरूमा टिकटकदेखि रिल्ससम्म चर्चामा रहेका केही नेपाली गीतले युट्युब चार्ट्सको शीर्ष ३ मा स्थान बनाएका छन् । तीमध्ये पहिलो स्थानमा छ- सुवास खत्री र समीक्षा अधिकारीद्वारा स्वरबद्ध गीत ‘शिरमा शिरबन्दी’ ।

अहिलेसम्म १ करोड १३ लाखभन्दा धेरै पटक हेरिएको यो गीत अहिले निकै चर्चामा छ । लोकभाखामा सजिएको यो गीत विशिष्ट कम्पोज र गायनशैलीले धेरैको ओठमा झुन्डिएको छ ।

दोस्रो स्थानमा छ अर्जुन सापकोटाको ‘झलिको’ । सापकोटाको संगीत रहेको यो गीतमा उनीसहित मेलिना राई र समीक्षाको पनि स्वर समावेश छ । दुई महिनाअघि रिलिज भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चा पाउनेमध्ये एक हो । यो गीतमाथि हजारौं रिल्स र टिकटक भिडियो बनेका छन् ।

लोकशैलीमा बुनिएको ‘झलिको’ लाई झण्डै १ करोड ९० लाख पटक हेरिएको छ ।

युट्युब चार्ट्समा सूचीको तेस्रो स्थानमा फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली बनैमा’ छ । प्रशान्त शिवाकोटीद्वारा संगीतबद्ध गीतमा उनीसहित शान्तिश्री परियारको स्वर समावेश छ ।

‘झरीपछिको इन्द्रेणी’ मा समावेश बालेनको गीत ‘आमनेपाली बुवा’ सूचीको छैटौं स्थानमा छ । पछिल्लो राजनीतिक घटनाक्रमको कारण यो गीतमाथि पनि प्रशस्तै रिल्स र टिकटक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?