News Summary
Generated by OK AI. Editorially reviewed.- विपिन स्थापितको नेतृत्वमा 'अडियो भिडियो सोसाइटी अफ नेपाल' नामक नयाँ चलचित्र प्राविधिक संस्था गठन भएको छ।
- संस्थाले अडियो, भिडियो, डिजिटल प्रविधि र सिर्जनात्मक प्रयोगलाई अघि बढाउँदै नेपाली चलचित्र उद्योगलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।
- चलचित्र विकास बोर्डमा आयोजित समारोहमा १२ वटा संघ-संस्थाका प्रतिनिधि सहभागी भएका थिए र बोर्ड अध्यक्ष दिनेश डीसीले स्वदेशी चलचित्रलाई विश्व बजारसम्म पुर्याउने महत्व बताउनुभयो।
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ संस्था थपिएको छ । विपिन स्थापितको नेतृत्वमा चलचित्र प्राविधिकहरूको नयाँ संस्था ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ गठन भएको छ ।
उपाध्यक्षमा बनिशविक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तन्डुकार, कोषाध्यक्षमा डिकेश शाही, सदस्यहरूमा संजीव रत्न शाक्य, निरिक्षा घतानी, उषा कार्की र अमित श्रेष्ठ छन् ।
शनिबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संस्थाको औपचारिक घोषणा गरियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित १२ वटा संघ-संस्थाका प्रतिनिधिको उपस्थिती थियो ।
नयाँ संस्थाले अडियो, भिडियो, डिजिटल प्रविधि, नवीन सोच र सिर्जनात्मक प्रयोगलाई संस्थागत रूपमा अघि बढाउँदै नेपाली चलचित्र तथा दृश्य-श्रव्य उद्योगलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउने उद्देश्य राखेको छ ।
बोर्ड अध्यक्ष दिनेश डीसीले अत्याधुनिक प्रविधि र गुणस्तरमा आधारित निर्माण प्रक्रियामार्फत स्वदेशी चलचित्रलाई विश्व बजारसम्म स्थापित गर्न सकिने बताए । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई प्रविधि, सिर्जनशीलता र व्यावसायिकताको संयोजनबाट अघि बढ्ने उद्योग भएको उनले बताए ।
कार्यक्रममा उदय सुब्बा (नेपाल चलचित्र निर्माता संघका अध्यक्ष), गोपालकाजी कायस्थ (नेपाल चलचित्र संघका उपाध्यक्ष), राजभाई सुवाल (मानवरहित विमान ड्रोन संघ अध्यक्ष) पनि आ-आफ्नो धारणा राखे ।
प्रतिक्रिया 4