News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानवअधिकार आयोगले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिइरहेको छ।
- जेनजी आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको र चार हजारभन्दा बढी घाइते भएका थिए, केही अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन्।
- प्रहरीको गोली प्रहारबाट १७ जनाको ज्यान गएको र प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन लगायत सरकारी कार्यालयहरू जलाएर ध्वस्त पारेका थिए।
२० पुस, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनताकाका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका विषयमा आयोगले आयोगको केन्द्रीय कार्यालयमै ओलीसँग बयान लिएको हो ।
जेनजी आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो भने चार हजारभन्दा बढी घाइते भएका थिए । केही घाइते अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् ।
संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्रमा जेनजी प्रदर्शनको पहिलो दिन २३ भदौमा ठूलो मानवीय क्षति भएको थियो । विद्यालय तथा क्याम्पस पोशाकमा आएका नवयुवाहरूमाथि प्रहरीले सयौं राउन्ड गोली चलाएको थियो ।
त्यसबाट १७ जनाको ज्यान गएको थियो । सोही दिन इटहरीमा समेत दुई प्रदर्शनकारीको ज्यान गएको थियो । बर्बर प्रहरी दमनको विरोधमा २४ भदौमा बिहानैदेखि देशैभर प्रदर्शन भएका थिए ।
आक्रोशित भिडले संसद् भवनदेखि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्यभवन, त्यहाँ रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लगायतका अधिकांश मन्त्रालय, सिंहदरबारछेवैमा रहेको सर्वोच्च अदालतलगायत जलाएर ध्वस्त पारेका थिए ।
प्रहरीका सयौं कार्यालय, राजनीतिक दल, नगरपालिका तथा पालिका भवनहरू, प्रदेशका मन्त्रालयहरू तथा सयौं निजी घर तथा व्यापारिक प्रतिष्ठानहरूमा आगजनी गरेका थिए । यसक्रममा थप मानवीय क्षति भएको थियो ।
२३ र २४ को घटनालगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया 4