News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरपश्चात स्वाप रेसियो १ बराबर १ कायम हुने भएको छ।
- संयुक्त मर्जर समितिले मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा स्वाप अनुपात निर्धारण गरेको छ।
- पोखरा फाइनान्सको सञ्चालक समितिले सेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने निर्णय गरेको छ।
२१ पुस, काठमाडौं । दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ ।
यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको कम्पनीद्वारा सार्वजनिक सूचनामा जनाइएको छ ।
साथै पोखरा फाइनान्सको सञ्चालक समितिको आइतबारको बैठकले १ बराबर १ अनुपातमा सेयर स्वाप रेसियो कायम गर्नेगरी निर्णय गरेको छ । यसको अर्थ हाल समृद्धि वा पोखरा फाइनान्सका लगानीकर्तासँग जे जति सेयर छ उहीं मर्जरपछि उहीं अनुपात कायम रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4