News Summary
Generated by OK AI. Editorially reviewed.- पुरुष टी–२० क्रिकेटमा पहिलोपटक एउटै इनिङ्समा दुई ब्याटरलाई 'रिटायर आउट' गरिएको छ।
- न्युजिल्यान्डको सुपर स्मायश लिगमा नर्थर्न डिस्ट्रिक्ट्सका दुई ब्याटरले क्रमशः २८ बलमा २३ र १३ बलमा ९ रन बनाएपछि रिटायर आउट भएका थिए।
- रिटायर आउट भएका ब्याटरको ठाउँमा आएका ब्याटरले छक्का प्रहार गरी खेल बराबरीमा पुर्याएका छन्।
२१ पुस, काठमाडौं । पुरुष टी–२० क्रिकेटको इतिहासमै पहिलोपटक एउटै इनिङमा दुई ब्याटरलाई ‘रिटायर आउट’ गरिएको छ ।
न्युजिल्यान्डको घरेलु टी-२० लिग सुपर स्मायश अन्तर्गत नर्थर्न डिस्ट्रिक्ट्स र भोल्ट्सबीचको खेलमा नर्थर्न डिस्ट्रिक्ट्सका दुई ब्याटर एकै इनिङमा रिटायर आउट गराइएका हुन् ।
ढिलो गतिमा रन बनाइरहेका दुई ब्याटरलाई लगातार ओभरमा ‘रिटायर्ड आउट’ गरेर आक्रामक ब्याटर उतारिँदा नर्थर्न डिस्ट्रिक्ट्सले खेल सम्हाल्न सफल भएको थियो।
पूर्व न्युजिल्यान्ड खेलाडी जित रावल र नयाँ खेलाडी जेभियर बल रन बनाउन संघर्ष गरिरहेका थिए। रावलले २८ बलमा २३ रन बनाएपछि १७औं ओभरको सुरुमा रिटायर्ड आउट भए भने बेल १३ बलमा ९ रन बनाएपछि अर्को ओभरमा मैदान छाडे। उनीहरूको ठाउँमा आएका बेन पोमार र स्कट कुग्गेलाइनले पहिलो बलमै छक्का हानेर खेलको गति बदलिदिए।
पोमारले १० बलमा २० रन बनाए भने कुग्गेलाइनले १२ बलमा अविजित ३४ रन बनाए। अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा खेल बराबरीमा पुग्यो। कुग्गेलाइनले अन्तिम बलमा दुई रन मात्रै लिन सकेपछि नतिजा टाइ भयो।
यसअघि सन् २०२२ को इंग्ल्यान्डको भाइटालिटी ब्लास्टमा दुई फरक इनिङमा दुई ब्याटर रिटायर्ड आउट भएका थिए । महिलातर्फ भने सन् २०२५ मा यूएई महिला टोलीले एउटै खेलमा सबै १० ब्याटर रिटायर्ड आउट गरेको उदाहरण छ।
आधुनिक टी–२० क्रिकेटमा छिटो रनलाई प्राथमिकता दिइने भएकाले ‘रिटायर्ड आउट’ रणनीति अब बिस्तारै सामान्य बन्दै गएको छ।
यस खेलको बराबरीसँगै नर्थर्न डिस्ट्रिक्ट्स र भोल्ट्सले अंक बाँडेका छन्। सुपर स्म्याशमा एलिमिनेसन फाइनल र फाइनलमा मात्रै सुपर ओभर खेलाइने व्यवस्था छ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4