२४ पुस, चितवन । चितवनको भरतपुरस्थित नयाँ सबुज गणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ ।
गण परिसरमा निर्माण गरिएको शालिकको मध्य पृतना हेडक्वाटर कार्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले अनावरण गरेका हुन् ।
नयाँ सबुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार नयाँ सबुज गणको आन्तरिक स्रोत, विभिन्न पूर्व सैनिकहरुको आर्थिक सहयोग तथा नेपाली सेनाकै सकल दर्जाहरुको मेहनतबाट शालिक तयार गरिएको हो । ७ फिट १० इन्च अग्लो उक्त शालिक करिब १ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
पृथ्वीनारायण शाहले विखण्डित बाइसे–चौबिसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपाल निर्माणमा गरेको योगदानको उच्च सम्मान गर्दै नेपाली सेनाले शालिक तयार गरेको गणपति लामाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4