+
+
Shares

इरानमा चर्किंदै विरोध प्रदर्शन, तेहरानमा एक सडकको नाम ‘ट्रम्प स्ट्रिट’ राखियो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १६:५२

२४ पुस, काठमाडौं । इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेभन्दा थप चर्कंदै गएको छ ।

बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएनए) लाई उद्धृत गर्दै उल्लेख गरेका अनुसार, देशभर जारी प्रदर्शनका क्रममा हालसम्म ‘दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको’ अनुमान छ। मारिनेमा चारजना बालबालिका समेत रहेका छन् ।

एजेन्सीका अनुसार २८ डिसेम्बरदेखि सुरु भएको यो विरोध प्रदर्शन अहिले देशका ३१ प्रान्त र १११ शहरहरूमा फैलिसकेको छ । पछिल्लो ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार २०० जनालाई पक्राउ गरिएको छ ।

बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु हुनेमध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको उल्लेख गरेको छ ।

यसैबीच, एक अज्ञात प्रदर्शनकारीले तेहरानको एउटा सडकको नाम ‘ट्रम्प स्ट्रिट’ (ट्रम्प मार्ग) राखिदिएको बारे अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको फारसी भाषाको आधिकारिक अकाउन्टमा लेखिएको छ, ‘तेहरानका एक अज्ञात व्यक्तिद्वारा राष्ट्रपति ट्रम्पको नाममा सडकको नामकरण गर्ने कदमको हामी प्रशंसा गर्दछौँ । अमेरिका इरानी जनताको आवाज र आकाङ्क्षाहरूको सम्मान गर्दछ। हामी थप स्वतन्त्रता, समृद्धि र अवसरहरू प्राप्त गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ ।’

अर्कोतर्फ, अमेरिकाले यी प्रदर्शनहरूलाई समर्थन गरेकोमा इरानले कडा आलोचना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?