+
+
Shares

ट्रम्पअघि पनि अमेरिकाले ३ पटक गरेको थियो ग्रीनल्याण्ड कब्जा प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने प्रयास गरिरहेका छन्।
  • ग्रीनल्याण्ड सरकार र डेनमार्कले बारम्बार अस्वीकार गरे पनि ट्रम्पले आफ्नो अडानमा अडिग छन्।
  • अमेरिकाले पछिल्लो १५८ वर्षमा कम्तीमा तीन पटक ग्रीनल्याण्ड अधिग्रहण गर्ने प्रयास गरिसकेको छ।

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न चाहन्छन् । विश्व समुदायको विरोधका बावजुद पनि ट्रम्पले यो काम जुनसुकै मूल्यमा गरिछाड्ने संकेत गरिरहेका छन् ।

यही महिना ट्रम्पले भेनेजुएलामाथि गरेको सैन्य कारबाही र राष्ट्रपतिलाई अपहरण शैलीमा अमेरिका लगेको घटनाले पनि यसलाई थप संकेत गर्छ ।

ग्रीनल्याण्ड सरकार र डेनमार्क दुवैले बारम्बार अस्वीकार गरेता पनि ट्रम्प आफ्नो अडानमा अडिग छन्। कहिले उनी अमेरिकाको सैन्य शक्तिको धाक देखाइरहेका छन् भने कहिले ग्रीनल्याण्डका मानिसहरूलाई प्रलोभन दिइरहेका छन्।

अमेरिकाले ग्रीनल्याण्ड आफ्नो देशमा गाभ्ने प्रयास गरेको यो पहिलोपटक र ट्रम्पको नेतृत्वमा मात्र होइन । यो त अमेरिकी इतिहासको एक लामो रणनीतिको हिस्सा हो।

अमेरिकाले पछिल्लो १५८ वर्षमा कम्तीमा तीन पटक यसलाई हासिल गर्ने प्रयास गरिसकेको छ। आउनुहोस् ।

ग्रीनल्याण्डमा सन् १९७९ देखि स्वशासन छ, यद्यपि रक्षा र परराष्ट्र नीति डेनमार्कको हातमा छ। त्यसैले ग्रीनल्याण्डलाई डेनमार्कको अर्ध-स्वायत्त हिस्सा मानिन्छ।

के हो १५८ वर्ष पुरानो ‘आर्कटिक मिसन’ ?

अमेरिकाले सन् १८६७ मा रूसबाट अलास्का किनेको थियो र त्यसको लगत्तै तत्कालीन अमेरिकी विदेशमन्त्री विलियम सिवार्ड र उनका अधिकारीहरूले आर्कटिक क्षेत्रमा प्रभाव विस्तार गर्ने प्रयास स्वरूप ग्रीनल्याण्ड अधिग्रहणको विषयमा छलफल गरेका थिए।

सिवार्डले ग्रीनल्याण्डको यो क्षेत्र कोइला लगायतका प्राकृतिक स्रोतहरूले भरिपूर्ण रहेको बताएका थिए। तर, यो विचार कहिल्यै औपचारिक प्रस्तावको तहसम्म पुग्न सकेन, किनकि तत्कालीन अमेरिकी कांग्रेस (संसद) आर्कटिकको अर्को क्षेत्र अधिग्रहण गर्ने विषयमा खासै इच्छुक थिएन।

अमेरिकी राष्ट्रपति विलियम हावर्ड ट्याफ्टको शासनकालमा पुन: एक पटक ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने प्रयास भयो। तत्कालीन अमेरिकी कूटनीतिज्ञहरूले डेनमार्कलाई अन्यत्रको जमिन दिएर त्यसको बदलामा ग्रीनल्याण्ड लिने प्रयास गरेका थिए। यद्यपि, डेनमार्कले यो प्रस्ताव अस्वीकार गरिदियो र यो योजना सफल हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?