+
+
Shares

इलाम–१ मा प्रत्यक्षतर्फ राप्रपाले बनायो ज्वालालाई उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई उम्मेदवार बनाएको छ।
  • ज्वाला नेपाल एकल सिफारिस भएर राप्रपाको केन्द्रमा उम्मेदवार टुंगो लगाइएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिएका छन्।
  • उनी हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन्।

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको पहिलो उम्मेदवार तय गरेको छ ।

इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो ।

उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।

२०७९ को निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?