News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्राहकका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा सुरु गरेको छ।
- बैंकले पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट दिने प्रारम्भिक अभियान सञ्चालन गरेको छ।
- एनआईएमबी युनियन–पे कार्डले देशभित्र र विदेशमा सुरक्षित र विश्वव्यापी कारोबार गर्न मद्दत गर्नेछ।
२५ पुस, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्राहकका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ ।
बैंकले ग्राहकका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धतालाई स्पष्ट पारेको छ ।
नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ ।
यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा ५ वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
‘सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्’ बैंकले भनेको छ ।
बैंकका हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवम् ६० शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।
प्रतिक्रिया 4