News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कुमारी' ले प्रवर्धनका लागि 'कुमारी लाइभ म्यूजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा' को औपचारिक घोषणा गरेको छ।
- कन्सर्ट नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा माघ १ देखि १७ गतेसम्म आयोजना गरिनेछ।
- काठमाडौंको कन्सर्टमा चलचित्र 'कुमारी' को आधिकारिक ट्रेलर सार्वजनिक गरिने आयोजकले बताएका छन्।
काठमाडौं । फिल्म ‘कुमारी’ ले प्रवर्धनको लागि ‘कुमारी लाइभ म्यूजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को औपचारिक घोषणा गरेको छ ।
कन्सर्टमार्फत प्रचारप्रसारमा सक्रिय हुने तयारीमा रहेको फिल्मले कन्सर्ट ट्रेलर पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा गायक केहरसिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एन्ड द लुङा’ ले यसबारे जानकारी दिए ।
बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने प्रवर्धन टूर देशब्यापी संचालन हुने छ । टूरमा कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी, निर्देशक दिनेश राउतसहितको समूह रहनेछ ।
नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा ‘लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिने भएको छ । जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ ।

काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ ।
अहिले यस फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ । उक्त पत्रकार सम्मेलनमा लिम्बुले ‘डोको बुन्ने’ र यही चलचित्रको अर्को गीत ‘कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4