+
+
Shares

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छ : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर सङ्घर्षरत पार्टी रहेको बताए।
  • नेता निधिले पार्टी सङ्गठन सुदृढ बनाउन र जनताको विश्वास जित्न इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए।
  • प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता-कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

२५ पुस, धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर सङ्घर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताएका छन् ।

कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टी सङ्गठनलाई सुदृढ बनाउन र जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

नेता निधिले कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले वर्तमान समयमा मुलुक कठिन अवस्थामा रहेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आपसी सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता-कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

कार्यकर्ता जनताका समस्या समाधानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा तथा पार्टी एकतालाई बलियो बनाउनेतर्फ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा गृह सदस्यहरूको उपस्थिति थियो ।

बैठकमा सङ्गठन विस्तार, पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा स्थानीय तहमा कांग्रेसको भूमिकाबारे विस्तृत छलफल भएको थियो ।

क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै सङ्गठनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?