News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट विद्यार्थी नेता गजेन्द्र यादवको नाम चर्चामा आएको छ।
- गजेन्द्र यादव अखिल (क्रान्तिकारी)का उपमहासचिव र मधेश प्रदेशको इन्चार्ज समेत हुन् र इञ्जिनियर पृष्ठभूमिका हुन्।
- सप्तरी २ मा ०७९ सालको संसदीय निर्वाचनमा सिके राउत विजयी भएका थिए भने ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
२६ पुस, सप्तरी । उम्मेदवार सिफारिस गरिएका पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट विद्यार्थी नेता गजेन्द्र यादवको नाम चर्चामा आएको छ ।
अखिल (क्रान्तिकारी)का उपमहासचिवसमेत रहेका गजेन्द्र इञ्जिनियर पृष्ठभूमिका हुन् । यसअघि नेकपाले सिफारिस गरेका पूर्वमन्त्री यादवले अकस्मात पार्टी परित्याग गरेपछि युवा उम्मेदवारको रूपमा उनको नाम अघि आएको हो ।
उनी अखिल (क्रान्तिकारी)का मधेश प्रदेशको इन्चार्जसमेत हुन् । ०७९मा सम्पन्न संसदीय निर्वाचनमा यस क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका थिए । राउतले उपेन्द्र यादवलाई पराजित गरेका थिए ।
सप्तरी २ मा ०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4