+
+
Shares

स्याउको मूल्य बढ्यो, केरा र अनार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याउको मूल्य तीन साता अवधिमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म बढेको छ।
  • अनारको मूल्य १३ प्रतिशतले घटेर प्रतिकिलो ३ सय २५ रुपैयाँ कायम भएको छ।
  • केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले घटेर १ सय ७५ रुपैयाँमा किनबेच भएको छ।

२७ पुस, काठमाडौं । बजारमा स्याउको मूल्य बढ्दा केरा र अनारको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यी फलफूलको मूल्यमा घटबट देखाएको हो ।

तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ २७ पुसमा २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै फुजी स्याउको मूल्य यस अवधिमा प्रतिकिलो ३० रुपैयाँले बढेको छ । १ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज ३ सय १५ रुपैयाँ कायम छ ।

यसैगरी यस अवधिमा अनारको मूल्य १३ प्रतिशतले घटेको छ । १ पुसमा प्रतिकिलो थोकमा औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको अनार ५० रुपैयाँले घटेर अहिले ३ सय २५ रुपैयाँ कायम छ ।

यसैगरी केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले घटेको तथ्यांकले देखाउँछ । १ पुसमा प्रतिदर्जन १ सय ९० रुपैयाँमा किनबेच भएको केराको मूल्य आज १ सय ७५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?