News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका केन्द्रीय सदस्यहरूले फागुन २१ को निर्वाचनका लागि सातै प्रदेशमा चुनावी रणनीति बनाउन प्रादेशिक बैठक बसेका छन्।
- प्रदेश संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधि र केन्द्रीय सदस्यसहित बैठक बोलाएका छन्।
- लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले २७ पुसमा र मधेस, बागमती, कोशी, सुदुरपश्चिमले २८ पुसमा बैठक बोलाएका छन्।
२७ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीयहरू फागुन २१ को निर्वाचनको तयारीका लागि रणनीति तयार पार्न छलफलमा जुटेका छन् ।
केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।
सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक बोलाएका हुन् ।
यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् ।
केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहजहोस भन्ने उद्धेश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।
लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस,बागमती,कोशी,सुदुरपश्चिमले भोलीलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गरेका छन् ।
प्रतिक्रिया 4