+
+
Shares

दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा अभिनेता प्रशान्त तामाङको शवयात्रा दार्जिलिङमा भैरहेको छ जहाँ प्रशंसकहरूले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन्।
  • जीटीए सरकारले पहल गरी तामाङको शव आज बिहान नयाँ दिल्लीबाट दार्जिलिङमा लगिएको थियो।
  • शवयात्रापछि स्थानीय चौरस्तामा अन्तिम श्रद्धाञ्जली राखिने र आजै अन्त्येष्टि गरिने कलाकार राजेश घतानीले जानकारी दिए।

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको अहिले दार्जिलिङमा शवयात्रा भैरहेको छ । दार्जिलिङका विभिन्न स्थानमा भैरहेको शवयात्रामा प्रशंसकहरूले भाग लिइरहेका छन् ।

शव राखिएको गाडीमा प्रशंसकले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन् । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।

शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने त्यहाँ पुगेका प्रशान्तका अनन्य साथी तथा कलाकार राजेश घतानीले जानकारी दिए । उनका अनुसार, आजै त्यहाँ तामाङको शवको अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?