+
+
Shares

विशेष महाधिवेशनको उद्घोष– अब कोही पनि २ पटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
  • शर्माले पार्टीको विशेष अधिवेशनमा देश र पार्टी दुवै असफल हुने भएकाले २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लागू गर्नुपर्ने बताए।
  • उनले मुलुकको अस्थिरता हटाएर स्थिरता ल्याउन कांग्रेसले अग्रसरता लिनुपर्ने र समन्यायिक विकासका लागि बजेट विनियोजन गर्नुपर्ने पनि उल्लेख गरे।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गरेको जानकारी गराए ।

‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने डेढ दशकयता हामीेले निरन्तर यो अभ्यास गर्दै आयौं । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि २ पटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन्,’ उनले प्रस्ताव पढ्दै भनेका छन् ।

महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताए ।

महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताए ।

‘२ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ । देशलाई स्थिरतातर्फ लैजान नीति गत पहल गर्दछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?