+
+
Shares

यम बरालका ३ गीत सार्वजनिक गर्दै मदनकृष्ण : श्रीमती गुमाएपछि मन भुलाउन उनका गीत सुन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १३:१९
तस्वीर : मोहम्मद जालिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक यम बरालले एकै समारोहमा तीन गीत 'यो साँझ फेरी', 'जुन र सुनको' र 'टेण्डर माया' सार्वजनिक गरेका छन्।
  • गीतहरूमा राखी गौचन, सञ्जय बरालको शब्द र शंकर थापा, विकास चौधरीको संगीत रहेको छ।
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार दीपक जंगम र निर्देशक दीपाश्री निरौलाले गीत सार्वजनिक गरेका हुन्।

काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार दीपक जंगम, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, पत्रकार ऋषि धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’ मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायाङ्कन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय छ ।

दोस्रो गीत ‘जुन र सुनको’ मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । भिडियोलाई गीतकार बरालले निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ ।

तेस्रो गीत ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय छ ।

कार्यक्रममा बोल्दै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताएका छन् । ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फन्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए ।

आफूले जानेको भनेकै संगीत मात्र भएकोले निरन्तर संगीतकर्ममै सक्रिय रहिरहेको उनको भनाइ छ । गायक बरालले आफूलाई बिश्वास गरेर उत्कृष्ट सृजनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका स्रष्टा तथा स्रजकप्रति आभार व्यक्त गरे ।

संगीतकार शंकर थापा ‘स्माइल’ले गायक बरालको गायकीको प्रशंसा गरे । मदनकृष्णले आफूलाई मनपर्ने आवाजमध्येको एक बरालको भएको बताए ।

श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको भन्दै श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए । उनले संगीतकार थापाको सृजनाको मुक्तकण्ठले प्रसंसा गर्दै आफूलाई उनको संगीतमा गीत गाउन मन भएको बताए ।

संगीतकार जंगमले सार्वजनिक गीतका बिभिन्न आयामबारे चर्चा गरे । गीतमा शब्द, संगीत र स्वरको अदभूत तालमेल मिलेको प्रतिक्रिया जंगमको छ । दीपाश्रीले सार्वजनिक भएका भिडियो पनि आफूलाई राम्रो लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?