+
+
Shares

सेजन सदस्यलाई ७ लाखको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा

सेजनले प्रत्येक सदस्यलाई १ लाखको स्वास्थ्य बीमासहित कुल ७ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आर्थिक पत्रकार समाजले आफ्ना सदस्यको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ।
  • सेजनले प्रत्येक सदस्यलाई १ लाखको स्वास्थ्य बीमासहित कुल ७ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको छ।
  • हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सेजन सदस्यलाई करिब १५ करोड ९६ लाख बराबरको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा सेवा प्रदान गर्ने छ।

२९ पुस, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्ना सदस्यको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ ।

सेजनले प्रत्येक सदस्यलाई १ लाखको स्वास्थ्य बीमासहित कुल ७ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो ।

स्वास्थ्य तथा दुर्घटना बीमाका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले सेजन अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरिन् ।

सबै नेपालीलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमा महत्त्वबारे अझै नागरिकलाई पर्याप्त बुझाउन नसकिएको सीईओ श्रेष्ठले बताइन् ।

‘बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,’ उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षा प्राथमिकतामा राख्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी मार्फत करिब १५ करोड ९६ लाख बराबरको स्वास्थ्य बीमा गराएको अध्यक्ष भट्टराइले बताए ।

स्वास्थ्य बीमा योजना अन्तर्गत सेजन सदस्यले अस्पताल भर्ना हुनेबित्तिकै बीमा सुविधा पाउनेछन् । बीमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्ने छ ।

यसका साथै अस्पताल भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचार सम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।

सामूहिक दुर्घटना बीमा

सामूहिक दुर्घटना बीमा अन्तर्गत सेजन सदस्यले दुर्घटना एकमात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भए अधिकतम ७ लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन् ।

दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरे उपचार खर्चका रूपमा पनि ७ लाखसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी स्थापना कालदेखि नै सामान्य बीमा सेवामा विशेष ध्यान दिँदै आएको छ । कम्पनीले ग्राहक आवश्यकता मध्यनजर गरी व्यापक बीमा कभरेज प्रदान गर्दै आएको छ । हाल कम्पनीले देशका सातै प्रदेशमा रहेका ७७ शाखामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?