२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताएका छन् ।
मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पारे ।
‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौं । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन,’ उनले भने ।
उनले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गरे ।
‘त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरूले पनि त्यही लचकताका साथ आउनुपर्यो,’ उनले भने ।
प्रतिक्रिया 4