+
+
Shares

नमुना मतदान गर्दै निर्वाचन अधिकृतहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:५३

२९ पुस, काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि तोकिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूका लागि आयोजित सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा नमुना मतदान समेत गरिएको छ ।

अभिमुखीकरण कार्यक्रम काठमाडौंमै सञ्चालन भएको हो । दुई दिने अभिमुखीकरण कार्यक्रम समापन भएको छ । समापन अगाडि मतदानको प्रक्रियालाई व्यवहारिक रुपमा अनुभव गर्नका लागि नमुना मतदान गराइएको हो ।

निर्वाचन तालिका अनुसार आगामी माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय छ । समानुपातिक तर्फको बन्दसूची दलहरूले बुझाइसकेका छन् । उक्त बन्दसूचीमा रहेकाको नाम फिर्ता लगायतको कार्य भइराखेको छ ।

मतदान आगामी २१ फागुनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?