News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १२औं वार्षिक साधारणसभाले सञ्जय अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
- संघको वरिष्ठ उपाध्यक्षमा रुपक राजवंशी, उपाध्यक्षमा मनोजकुमार ज्ञवाली र अरनिको राजभण्डारी चयन भएका छन्।
- महासचिव मनोज श्रेष्ठ, सचिव रोमनाथ घिमिरे र कोषाध्यक्ष पवनकुमार अग्रवाल पनि चयन भएका छन्।
२९ पुस, काठमाडौं । नेपाल-इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १२औं वार्षिक साधारणसभाले सञ्जय अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा रुपक राजवंशी, उपाध्यक्षमा मनोजकुमार ज्ञवाली र अरनिको राजभण्डारी, महासचिव मनोज श्रेष्ठ, भडेल, सचिवमा रोमनाथ घिमिरे र विनोद सागतानी तथा कोषाध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् ।
संघ संरक्षक राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिका लागि सदस्यमा बासुमाया तामाङ, बिना प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरेन्द्र शाही, किसन सुनार, सञ्जयकुमार अग्रवाल, सुमितकुमार वंशल, सुशीलकुमार जैन, युगेशभक्त बादे श्रेष्ठ, सुनिता सिंह, संघर्ष विष्ट, गम्भीरमान श्रेष्ठ, योगेन्द्रविक्रम थापा, डम्बर पराजुली र कल्याण सिलवाल चयन भएका छन् ।
प्रतिक्रिया 4